मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५९:oo
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं र चितवनबाट २६ जुवाडे पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५९:oo

शुक्रबार प्रहरीले काठमाडौं र चितवनमा जुवा खेलिरहेका चार समूहलाई पक्राउ गरेको छ । काठमाडौं २ र चितवनमा दुई समूहका २६ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

काठमाडौं महानगरपालिका–१३, ताहाचल डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका–११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा बिम्मासमेत ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ३ सय रुपैयाँ र २४ बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी, काठमाडौं महानगरपालिका–३१, भूपि शेरचन मार्ग बस्ने मोरङ बेलबारी नगरपालिका–९ घर भएकी ६३ वर्षीया साबित्री श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ६ सय २० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कस्थित धादिङ होटेलबाट जुवातास खेलिरहेको अवस्थामा तनहुँ देवघाट गाउँपालिका–४ देवघाट बस्ने ४२ वर्षीय मानबहादुर मगरसमेत ५ जनालाई पनि शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ९ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो 

 त्यस्तै, चितवन, भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने पदमबहादुर आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय विनोद मल्लसमेत ११ जनालई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।