१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘झोले विद्यालय’को नाममा योजना पारेर भ्रष्टाचार, कार्यालय प्रमुख र लेखापालसहित चारविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२७:oo

डोल्पामा ‘झोले विद्यालय’को नाममा योजना पारेर रकम हिनामिना गरेको आरोपमा कार्यालय प्रमुख र लेखापालसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पञ्जियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूले आ.व. ०६७/६८ मा साबिकको दुनै गाविस वडा नं. २ र ३ (हाल ठुलीभेरी नगरपालिका– ४ तिप्ला) मा काल्पनिक विद्यालय दुर्गा प्राथमिक विद्यालय खडा गरी दुईकोठे भवन निर्माणको नाममा सात लाख ६० हजार रुपैयाँ विनियोजन गराएका थिए।

फर्जी उपभोक्ता समिति गठन गरी जिल्ला प्राविधिक कार्यालयका प्रमुख पञ्जियारको सिफारिसमा विद्यालय भवन निर्माणको नक्कली कागजात तयार गरी विनियाेजन गराएकाे सबै रकम मिलेमताेमा भ्रष्टाचार गरेकाे अख्तियारकाे दाबी छ। उनीहरू चारैजनाविरुद्ध जनही सात लाख ६० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।