१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १९ बिहीबार o९:३९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

प्रादेशिक प्रतिभा पुरस्कार नयाँ पत्रिकाकर्मी बसन्तलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार o९:३९:oo

संस्कृति मन्त्रालयले भाषा एवं साहित्यतर्फको पुरस्कार घोषणा गरेको छ । जसअनुसार प्रादेशिक प्रतिभा पुरस्कार २०८१  (गण्डकी प्रदेश)बाट नयाँ पत्रिकाकर्मी मीनराज बसन्त सम्मानित हुने भएका छन् ।

त्यसैगरी, प्रादेशिक प्रतिभा पुरस्कार स्रष्टा विमला तुम्खेवा (कोशी), श्याम साह (श्यामसुन्दर साह) (मधेश), नर्मदेश्वरी सत्याल (बागमती), भगवानदास यादव (लुम्बिनी), समीर साह (सल्यानी माइला) (कर्णाली) र नरेन्द्रप्रसाद भट्ट (सुदूरपश्चिम) लाई दिइने भएको छ ।  त्यस्तै, राष्ट्रिय प्रतिभा पुरस्कार भने रामेछापका अमृत योन्जन तामाङले पाउने भएका छन् । 

बसन्त यसअघि गणेश–हस्तकुमारी पन्त स्मृति पुरस्कार (२०७३), नीलकण्ठ प्रतिभा पुरस्कार (२०७३), कविडाँडा साहित्य सम्मान (२०७३), अनेसास सर्वोकृष्ट कृति पुरस्कार (सन् २०१७, अमेरिका), नवोदित कृति अवार्ड (२०७६), कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार (२०७७) र गुरू गणेश–विष्णु स्मृति पुरस्कार (२०७७) बाट सम्मानित भइसकेका छन् । 

आख्यानकार बसन्तका ‘मुदिर’ (२०७३) र ‘पिपिरी’ (२०७५) उपन्यासका साथै लेनिन (जीवनी) र पहेँलो छाता (आख्यान) अनुवादसमेत प्रकाशित छन् ।