१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १९:५२:oo
Read Time : < 1 मिनेट
समाचार

लुम्बिनीको बजेट बहुमतले पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५२:oo

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०८२/८३ को बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेश सभाको छैटाैँ अधिवेशनको १७औँ बैठकले उक्त बजेट पारित गरेको हो।

सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सोही बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख तुलाराम घर्तीमगरले निर्णायार्थ प्रस्तुत गरेपछि उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए।

पारित बजेटमध्ये चालूतर्फ १२ अर्ब एक करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ। त्यस्तै, वित्तीय हस्तान्तरणका लागि तीन अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत विनियोजन गरिएको छ।