१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १८ बुधबार ११:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रोटन इमास बन्यो ‘सार्क ट्यांक नेपाल’को प्रायोजक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार ११:३o:oo

विद्युतीय सवारीसाधन प्रोटन इमास व्यावसायिक रियालिटी सो ‘सार्क ट्यांक नेपाल’को आधिकारिक प्रायोजन बनेको छ । नेपालका लागि प्रोटनको अधिकृत डिलर जगदम्बा मोटर्सअन्तर्गतको प्रोटन इमासले हिमालय टेलिभिजनमार्फत प्रसारण हुने उक्त रियालिटी सोको प्रायोजन साझेदारीको घोषणा गरेको हो । 

प्रोटन इमासले साहसी विचार र दिगो व्यावसायिक भिजनका साथ भविष्यलाई आकार दिने दूरदर्शी नेपाली उद्यमीलाई समर्थन गर्दै आइरहेको छ । सोही क्रममा गर्न लागिएको यो सहकार्यले नवप्रवर्तन र उद्यमशीलतालाई अगाडि बढाउने सामूहिक प्रयासलाई टेवा पुर्‍याउने बताइएको छ । साथै, नेपालका भविष्यका उद्यमीलाई थप प्रोत्साहित गर्न मद्दत गर्ने विश्वास पनि कम्पनीले लिएको छ । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नवप्रवर्तनमार्फत अगाडि बढाउन प्रतिबद्ध ब्रान्डका रूपमा साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए ।

‘एउटा प्लाटफर्म, जसले महत्वाकांक्षा, रचनात्मकता र उद्यमशीलताको भावनालाई समर्थन र सहयोग गर्छ,’ उनले भने, ‘यो साझेदारीले क्लिन मोबिलिटीप्रति हाम्रो समर्पणलाई मात्र होइन, स्मार्ट, ग्रिनर र थप उद्यमशील नेपालका लागि हाम्रो साझा दृष्टिकोणलाई थप पुष्टि गर्छ ।’ सहकार्यपछि, प्रोटन इमास ‘सार्क ट्यांक नेपाल’मा यस सिजनभर प्रमुखताका साथ प्रस्तुत हुनेछ । यसले दर्शकलाई प्रोटन इमासको नवीन इभी प्रविधि र दिगो उद्देश्यको भित्री झलक दिने बताइएको छ । 

प्रोटन इमास दक्षिणपूर्व एसियामा ‘क्लिन मोबिलिटी’ क्रान्तिको नेतृत्व गर्न डिजाइन गरिएको नयाँ पुस्ताको विद्युतीय सवारीसाधन हो भने सार्क ट्यांक नेपाल विश्वव्यापी रूपमा प्रसिद्ध उद्यमशीलता रियालिटी सोको नेपाली रूपान्तरण हो । यसले स्थानीय स्टार्टअप र उद्यमीलाई आफ्नो नवीनतम व्यावसायिक विचारलाई सफल लगानीकर्ताको प्यानल वा सार्कसमक्ष प्रस्तुत गर्न प्लाटफर्म प्रदान गर्छ ।