१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कर्णाली याक्सले ६ खेलाडी रिटेन गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३१:oo

कर्णाली याक्स स्पोर्टस् प्रालिले नेपाल राष्ट्रिय टोलीका अलराउन्डर गुल्सनकुमार झा र नन्दन यादवसँगै ६ खेलाडी रिटेन गरेको छ।

मंगलबार कर्णाली याक्सले राष्ट्रिय टोलीका गुल्सन र नन्दनसँगै विपिन शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरीलाई रिटेन गरेको कर्णाली याक्स स्पोर्टस् प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले बताए।

‘पहिलो संस्करणमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा हामीले ६ खेलाडीलाई विश्वास गरेका हौँ,’ निर्देशक घिमिरेले भने, ‘हाम्रो केही खेलाडीले कर्णाली प्रदेशको प्रतिनिधित्व पनि गरेका छन्।’

हालै गुल्सन र नन्दनले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै स्कटल्यान्डमा भएको आइसिसी पुरुष विश्वकप लिग–२ खेलेका थिए। यस्तै, कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट उदाएका विपिन पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)कै उदीयमान खेलाडी घोषित भएका थिए। विपिन अहिले नेपाल यू–१६ टिमको कप्तान हुन्। अर्जुन, दीपेन्द्र र युनिसविक्रम ठकुरी भने कर्णाली याक्स र कर्णाली प्रदेशको लागि खेल्दै आएका छन्।

यस्तै, कर्णाली याक्सले देव खनाल, भुवन कार्की, मौसम ढकाल, रीत गौतम र दीपक डुम्ब्रेलाई रिलिज गरेको छ। ‘उहाँहरूलाई पनि टिममै राख्ने चाहना थियो। तर, प्रतियोगिताको नियमावलीका कारण बिदाइ गर्नुपर्ने अवस्था आयो,’ घिमिरेले भनेका छन्।

कर्णाली याक्सले सोमबार नै मार्कीमा अलराउन्डर सोमपाल कामीलाई निरन्तरता दिने निर्णय गरिसकेको छ। अघिल्लो सिजन भारतीय चर्चित ओपनर शिखर धवन अनुबन्ध गरेको कर्णाली याक्सले यो सिजन पनि चर्चित खेलाडी अनुबन्ध गर्दै बलियो दाबेदारी दिने रणनीति तयार पारेको निर्देशक घिमिरेले बताए।