१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
२o८२ असार १७ मंगलबार १६:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

८० वर्षीया वृद्धा घरभित्रै मृत फेला, छातीमा धारिलो हतियारको चोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १६:१४:oo

कैलालीको जानकी गाउँपालिका– ९, अमरावतीमा ८० वर्षीया वृद्धा आफ्नै घरभित्र मृत फेला परेकी छिन्। स्थानीय मातादेवी शाहीको शव आफ्नै घरको कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतकको छातीमा धारिलो हतियार प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। घाँटीमा पनि चोट रहेको प्रहरीले जनाएको छ। शरीरको चोट हेर्दा उनको हत्या भएको देखिएकोे सिंहले बताए।

हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान सुरु गरेको छ। अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

शाही घरमा एक्लै बस्दै आएको बुझिएको छ। प्रहरीका अनुसार उनका एक छोरा टीकापुर र अर्का छोरा काठमाडौँ बस्ने गरेका छन्। छिमेकीले खबर गरेपछि घटनाबारे थाहा भएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।