१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
२o८२ असार १७ मंगलबार १६:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेटको विषयमा प्रतिपक्षको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १६:१२:oo

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटका विषयमा प्रतिपक्षी दलहरूको विरोधपछि लुम्बिनी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

सरकारले प्रस्तुत गरेको बजेटप्रति अधिकांश सांसदहरू असन्तुष्ट बनेपछि बजेटमाथि छलफल नै सुरु हुन नसकेको अवस्थामा मंगलबारका लागि बैठक राखिएको थियो, तर बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरू उभिएर विरोध जनाएका थिए । 

माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारूले १२ वटै जिल्लाका जनतालाई न्याय गर्ने किसिमले बजेट नआएको भन्दै असन्तुष्टि जनाए । शिक्षा, स्वास्थ्य, कृषिलगायतका कुनै पनि क्षेत्रको विकासका लागि आशा गर्ने ठाउँ बजेटमा नदेखिएको भन्दै नसच्चाउँदासम्म आफूहरूको विरोध कायम रहने उनले बताएका थिए । उनले सच्याउने प्रतिबद्धता नआउँदासम्म बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेका थिए । उनले बोलिसकेपछि पनि उभिएर विरोध जनाएपछि राजनीतिक समझदारीका लागि भन्दै सभामुख तुलाराम घर्ती मगरले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।