१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
२o८२ असार १७ मंगलबार १२:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १२:४१:oo

इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा ९३५ जनाको मृत्यु भएको छ । युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरिएको हो ।

‘सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने युद्धको क्रममा हालसम्म ९३५ जना सहिदको पहिचान गरिएको छ,’ न्यायपरिषद्का प्रवक्ता असगर जहाँगिरलाई उद्धृत गर्दै सरकारी समाचार संस्था इरानले जनाएको छ ।

मृतकमध्ये १३२ जना महिला र ३८ जना बालबालिका रहेका छन् । इरानका अनुसार जुन १३ गते इजरायलले इरानका सैनिक शिविर, आणविक अनुसन्धान स्थल र आवासीय क्षेत्रहरूलाई लक्षित गरी बम आक्रमण सुरु गरेको थियो । ती आक्रमणमा उच्चपदस्थ सैनिक अधिकृतहरू र वैज्ञानिकहरूको मृत्यु भएको उल्लेख गरिएको छ ।

इरानले पनि जवाफी कारबाहीस्वरूप मिसाइल र मानवरहित विमान प्रयोग गरी इजरायलका प्रमुख सहरहरूमा आक्रमण गरेको थियो। इजरायली अधिकारीहरूका अनुसार ती कारबाहीमा २८ जनाको मृत्यु भएको थियो ।

दुवै देशबिच जुन २४ गते युद्ध विराम लागू भएको हो ।