
आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री रहेको दाबीसहित डा. मुकुल ढकालले दायर गरेको रिट आज (मंगलबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ ।
यो मुद्दामा गएको बिहीबार (असार १२) सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ जारी गरेको थियो । त्यसको अघिल्लो दिन अर्थात् असार ११ गते दायर रिटमा ढकालले आफूले रास्वपाको महामन्त्रीको जिम्मेवारी सम्हाल्न पाउने गरी आदेश माग गरेका छन् । सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका निम्ति दुवै पक्षलाई आज बोलाएको हो।