१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १७ मंगलबार o९:२६:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार o९:२६:oo

२००२ : अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को स्थापना । यो पहिलो अन्तर्राष्ट्रिय न्यायिक निकाय हो, जसले नरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधका लागि व्यक्तिलाई मुद्दा चलाउने शक्ति दिएको छ । यो अन्तर्राष्ट्रिय सन्धि रोम विधानअनुसार स्थापना गरिएको थियो ।

सन् १९६१ : बेलायती युवराज्ञी प्रिन्सेस अफ वेल्स डायनाको जन्मदिन । उनको मृत्यु सन् १९९७ को अगस्ट ३१ मा फ्रान्समा एक कार दुर्घटनामा भएको थियो ।

सन् १९९१ : आठवटा कम्युनिस्ट देशबिचको रक्षा सन्धि बार्सा सम्झौता प्रागमा औपचारिक रूपमा भंग भयो । सन् १९५५ मा शीतयुद्धको चरम समयमा पश्चिमी युरोपमा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को शक्तिलाई सन्तुलनमा राख्ने तरिकाका रूपमा यो सम्झौताको स्थापना भएको थियो ।

२०२० : विवादास्पद व्यापार सम्झौता उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसिए) द्वारा प्रतिस्थापित भयो । नाफ्टा सन् १९९४ मा लागू भएको थियो ।