१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
संजित परियार काठमाडौं
२o८२ असार १४ शनिबार १८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १८:५६:oo

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् ।
  
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फेरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स्  एफएफडी–४’ का लागि राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण भएको हो । 
  
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नेछन् । यसैगरी, विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
१६ देखि १९ असारसम्म हुने सम्मेलनका लागि प्रधानमन्त्री ओली शनिबार साँझ ६ बजे कतारको दोहा हुँदै मड्रिड जानेछन् । प्रधानमन्त्री ओली २० असारको साँझ पौने ५ बजे फर्कने तालिका छ । नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धिका साथै स्पेनलगायत युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ ।

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य,  प्रमुख सल्लाहकार विष्णु रिमालसहित २१ सदस्यीय प्रतिनिधिमण्डल स्पेन प्रस्थान गरेको छ ।