
प्रतिपक्षी दुई दल रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने समय पाएलगत्तै उनीहरू गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठकस्थलबाट बाहिरिएका हुन् ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई समय उलपब्ध गराउनु अघि उनीहरू सदनमा उभिएर अवरोध गरिरहेका थिए । उनीहरूको अवरोधका बीच सत्ता पक्षीय र प्रतिपक्षमा रहेका सांसदहरू बोलिरहेका थिए ।