१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
Invalid date format १६:४४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभाका सचिवको ओहोदा अब प्रमुख सचिवसरह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

सुदूरपश्चिम प्रदेश सभाले प्रदेश सभा सचिवको ओहोदा बढाएको छ। प्रदेश सभाका सचिवको ओहोदा र सुविधा अब प्रदेश सरकारको प्रमुख सचिवसरह हुनेछ।

प्रदेश सभाको शुक्रबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्दै सचिवको ओहोदा बढाएको हो। उक्त ऐनमा प्रदेश सभा सचिव सरकारको सहसचिव (प्रदेशसचिव)सरह अर्थात् प्रथम श्रेणी रहने व्यवस्था थियो।

प्रदेश सभाका सचिव र सचिवालय व्यवस्थापन गर्न बनेको संशोधन विधेयक पारितका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले राखेको प्रस्ताव प्रदेश सभा बैठकले सर्वसम्मतिले पारित गरेको छ। प्रदेश सभाले पारित गरेको संशोधित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐनका रूपमा लागू हुनेछ।