
स्कटल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई १९४ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य पूरा गरेमा नेपालले उपाधि जित्नेछ ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर १९३ बनाएको हो । स्कटल्यान्डका लागि जर्ज मुन्सेले सर्वाधिक ७८ रन बनाए।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले दुई, रुपेश सिंह, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिए। दीपेन्द्रसिंह ऐरीले चार ओभरमा ५० रन तथा रिजन ढकालले तीन ओभरमा ३५ रन दिँदा विकेट लिन सकेनन् ।
आजको खेल जितेमा नेपालले शृंखलाको उपाधि जित्नेछ । हारेमा नेटरनरेटका आधारमा तय हुनेछ । यसअघि तीन खेलमा नेपालले दुई तथा नेदरल्यान्ड्सले दुई खेल तिजेर समान चार अंक जोडेका छन् । नेट रनरेटका आधारमा नेपाल अगाडि छ ।