१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार ६ शुक्रबार २१:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री गुरुङको दाबी- ‘देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार २१:१७:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको बताएका छन्। 

लमजुङ बेँसीसहर नगरपालिका- ८ मा आज आयोजित नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले जनताले वर्तमान सरकारले राम्रो काम गरेको हेर्न चाहेकाले सोहीअनुरूप काम गरेर जनताको आशा र विश्वास पूरा गर्ने बताए । 

सरकारप्रति गुनासो नआउने गरी सरकार अघि बढिरहेको जिकिर गर्दै उनले भने, ‘अहिले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, पालिका प्रमुखहरूले कस्ता काम गरेका छन् भनेर जनताले मूल्यांकन गरिरहेका छन् ।’ 

सरकारले गर्ने कामका आधारमा जनमत बढ्ने र घट्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । पार्टी बलियो बनाउन पार्टीका नेता तथा कार्यकर्ताले जतिसुकै खटिए पनि जनप्रतिनिधिले राम्रो काम गरेमा मात्र पार्टीप्रति जनता आकर्षित हुने उनको भनाइ छ ।

‘हामी फेरि २०४८ तिरकै कार्यशैलीमा फर्कनुपर्छ । त्यतिवेलाकै आचरणमा फर्कनुपर्छ । आचरणमा सुधार हुनुपर्छ । हामी नैतिकवान्, इमानदार, शासकीय सुधारमा क्षमतावान् बन्न सकेमा मात्र हाम्रो साथमा जनता हुनेछन् । हामी जनतामाझ हुनेछौँ,’ उनले भने। 

छुटाउनुभयो की ?