
एआइजी चन्द्रकुवेर खापुङको नयाँ गीत सार्वजनिक भएको छ। खापुङको शब्द रहेको ‘सुवास बनेर आउनु तिमी’ बोलको नयाँ गीत शुक्रबार सार्वजनिक गरिएको हो।
मेलिना राईले आवाज दिएको गीतको भिडियोमा प्रियंका कार्कीको अभिनय छ। वसन्त सापकोटाले संगीत भरेका छन्।
सुनील क्षेत्रीले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोलाई गज्जब टिभीबाट रिलिज गरिएको हो।
गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ मास्टरिङ श्याम स्वयत रसाइलीले गरेका छन्।