१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format १८:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बसको ठक्करबाट वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o४:oo

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका– ९ लच्कानजिक यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

गएराति करिब ११ः३० बजे सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–०१ ख ३३१३ नम्बरको बसले ठक्कर दिँदा जितपुर–सिमरा उपमहानगरपालिका– १६ का ७८ वर्षीय सन्तबहादुर गुरुङ गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै निजगढको प्रसूति अस्पतालमा पुर्‍याइए पनि थप उपचारका लागि कलैया प्रादेशिक अस्पताल लगिएको थियो।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार उपचारका क्रममा गुरुङको शुक्रबार बिहान १२ः४५ बजे मृत्यु भएको हो। घटनालगत्तै खटिएको प्रहरी टोलीले बस र चालक राजेन्द्र बिमलीलाई नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

छुटाउनुभयो की ?