
सरकार पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरूबिचकाे बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा नेताहरूबिच छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन्।