
मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका– ८, खर्कटा बस्ने ४१ वर्षीय दीपक खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
ठोरी गाउँपालिका– २, ठोरी बजारमा फ्री टिकट, फ्री भिसामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई चारजनालाई भारततर्फ लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खड्कालाई पक्राउ गरेको हो।
प्रहरीले पीडितहरूको उद्धारसमेत गरेको छ। खड्काउपर मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।