१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
२o८२ असार ६ शुक्रबार १o:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दुम्कीबासस्थित खोलामा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १o:१७:oo

पूर्वी नवलपरासी जिल्लाको विनयत्रिवेणी गाउँपालिका– १, दुम्कीबासस्थित विनय खोलामा पानीको बहाव बढ्दा यात्रुवाहक बसमा फसेका यात्रुको सशस्त्र प्रहरी र नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरेको करिब १० मिनेटमा नै सो बस खोलाले बगाएको छ ।

काठमाडौंबाट दाङका लागि छुटेको भे.१ख ४०८५ नम्बरको यात्रुवाहक बस बिहीबार राति करिब १२ बजे उक्त खोलामा फसेको थियो । सो गाडीमा ४० जना यात्रु सवार रहेका थिए । 

 उनीहरूमध्ये २७ जना खोलाभित्र फसेकोमा उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद कार्कीको कमान्ड तथा सुरक्षा बेस चोरमारा र सर्दीबाट खटिएको सुरक्षा फौजले क्रेन र डोजको सहायताले सकुशल उद्धार गरेको हो । बसमा सवार अन्य यात्रुहरू भने फस्नसाथ पानीबाहिर निस्किएका थिए । उद्धार गरिएका सबै यात्रुको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। बगाएको बस केही तल भेटिएको छ।