१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ५ बिहीबार २३:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेदरल्यान्ड्समाथि सुपरओभरमा हारको बदला : नेपाल अकंतालिकाको शीर्ष स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार २३:१६:oo

स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ। १७५ रनको लक्ष्य पाएको नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो। 

टस जितेर पहिले बलिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई १७४ रनमा रोकेको थियो। बलिङतर्फ करण केसीले दुई तथा ललित राजवंशी, सन्दीप लामिछाने, रुपेश सिंह र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए। 

ब्याटिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ६५, आरिफ शेखले ३९, भीम सार्कीले २७ र दीपेन्द्रसिंह ऐरीले अविजित १६ रन बनाए। 

अन्तिम ओभरमा सात रन आवश्यक रहेको अवस्थामा आरिफ बलले लागेर घाइते भएपछि ब्याटिङमा आएका लोकेश बमले दुई छक्का प्रहार गरी नेपाललाई जित दिलाएका हुन्। 

पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपरओभरमा पराजित भएको थियो। दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको थियो। अब शुक्रबार नेपालले फेरि स्कटल्याडसँग खेल्नेछ । 

 

बिहीबारका्े जितसँगै नेपालले सिरिज जित्ने सम्भावना बढेको छ। नेट रनरेटका आधारमा नेपाल अंक–तालिकामा पहिलो स्थानमा उक्लिएको छ । अंक–तालिकामा नेपाल र नेदरल्यान्ड्सको समान चार अंक छ । नेदरल्यान्ड्सले चारै खेल खेलिसकेको छ । तीन खेल मात्र खेलेको स्कटल्यान्डको दुई अंक छ ।  जसकारण शुक्रबारको खेलले विजेताको टुंगो लगाउने छ।