१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाले बोलायो संघीय परिषद् बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५६:oo

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद्को बैठक बोलाएको छ। आगामी असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य अर्जुन लम्सालले बताए।

लम्सालका अनुसार पार्टी गठन भएपछि पहिलोपटक बस्न लागेको संघीय परिषद्को बैठकमा संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विचारसम्बन्धी प्रस्ताव र उपाध्यक्ष रणध्वज कन्दङ्वाले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन्।

संघीय परिषद्को बैठकमा विधानको धारा २६ (३) अनुसार केन्द्रीय समितिका सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, प्रादेशिक निकायका पदाधिकारीहरू, राष्ट्रिय समितिका पदाधिकारीहरू, जिल्ला समितिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू र मनोनीत संघीय परिषद् सदस्य गरी करिब ४१३ जना सहभागी हुने सो पार्टीले जनाएको छ।