१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३ मंगलबार १४:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एससिटी–युपिआई कार्ड ग्राहकहरूलाई मौलाकाली केबलकारमा १० प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार १४:o७:oo

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले जारी गर्दै आएको एससिटी–युपिआई कार्डका सम्पूर्ण ग्राहकलाई मौलाकाली केबलकारमा १० प्रतिशत छुट हुने भएको छ।

समुद्री तहबाट १८४१ फिटमाथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससिटी र मौलाकाली केबलकारले यो अफर ल्याएका हुन्।

अफरअन्तर्गत ग्राहकहरूले आफ्नो एससिटी–युपिआई कार्डबाट पिओएस मेसिनमार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुनेछ।

एससिटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र सयभन्दा बढी सहकारी संस्थामार्फत एससिटी–युपिआई कार्ड जारी गर्दै आएको छ। यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको एससिटीले जनाएको छ।