१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
२o८२ असार १ आइतबार १५:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेशको बजेट सार्वजनिक गर्ने समय संशोधन, साँझ साढे ६ बजे प्रस्तुत हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १५:५६:oo

बागमती प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने समय संशोधन गरिएको छ । असार १ गते आइतबार ३ बजेका लागि तोकिएको बजेट सार्वजनिक गर्ने समय तालितका साँझलाई सारिएको हो । बागमती प्रदेश सभा संसद् सचिवालयले बजेट सार्वजनिक पूर्वनिर्धारित समय संशोधन गरिएको भन्दै सूचना जारी गरेको छ ।

बजेट निर्माण प्रक्रियामा दलहरूबिच समस्या देखिपछि बजेट प्रस्तुत गर्ने समय संशोधन गरिएको बुझिएको छ । मुख्यगरी बजेट निर्माणमा विषयगत मन्त्रीहरूले नै असन्तुष्टि जनएपछि समस्या देखिएको थियो । शनिबार रातिसम्म बजेट कार्यक्रम प्रविष्ट तथा संशोधनको काम आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत भएको थियो । 

उक्त समयसम्म प्रदेश सरकारको बजेटको आकार ६७–६८ अर्ब रुपैयाँको रहने राजनीतिक सहमति बनेको एक मन्त्रीले बताए । उक्त राजनीतिक सहमतिअनुसार बजेट कार्यक्रम निर्माण कार्य थालिएपनि आइतबार बिहान बजेटको आकार ७२ अर्व रुपैयाँसम्म पुगेको ती मन्त्रीले दाबी गरे ।

विषयगत मन्त्रालयहरूबाट प्रविष्ट भएका कार्यक्रम शीर्षकलाई व्यवस्थापन गर्ने र मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ तथा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले केही महत्त्वपूर्ण आयोजनाहरू बजेटमा थप गर्दा बजेटको आकार बढेको उनले बताए । बजेटको आकार बढाउने विषयमा कर्मचारी संयन्त्र पनि सकारात्मक नभएपछि बजेट निर्माण कार्य समयमै नसकिएको उनको भनाइ छ । 

‘हामीले ६७ खर्ब रुपैयाँसम्मको बजेट बनाउने सहमति बनाएका थियौँ । कर्मचारी संयन्त्रको तर्फबाट पनि त्यसमा सकारत्मक भूमिका देखिएको थियो । प्रदेशको आर्थिक स्रोतका आधारमा बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा ५ प्रतिशतसम्म बढाउन सकिन्छ,’ उनले भने, ‘सहमतिअनुसार बजेट सिलिङमा थप गरी कार्यक्रमहरू प्रविष्ट भएको थियो । तर, अन्त्यमा सहमतिविपरीत ७२ अर्ब रुपैयाँसम्मको बजेट प्रविष्ट भएपछि समस्या भएको हो । पुनः त्यसलाई सुधार गर्ने काम भइरहेको छ ।’

यता मुख्यमन्त्री लामाका अनुसार बजेट कार्यक्रम निर्माणको काम सकिने चरणमा रहेको छ । अर्थ मन्त्रालयको बजेट शाखामा कार्यक्रम ट्याली गर्ने काम भइरहेको र साँझ ६ बजेलाई क्याबिनेट बैठक आह्वान गरिएको उनले जानकारी दिए । सोलगत्तै साढे ६ बजेबाट बजेट भाषण सुरु गर्ने गरी प्रदेश सभा सचिवालयलाई पत्राचार गरिएको उनले बताए ।