१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
संजित परियार काठमाडौं
२o८२ असार १ आइतबार १६:४२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

टुँडिखेलमा मगर समुदायको भूमे पूजा (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १६:४२:oo

मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमि पूजा । सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजबाट तीन दिन सम्म राजधानीको टुँडिखेलमा भूमि पूजा पर्व आयोजना गरेको छ । 

वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलनस्वरूप भूमि पूजा गर्ने गरिन्छ । पृथ्वीमा कुनै पनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ । प्राकृतिक तथा दैवी प्रकोप रोक्नका लागि भूमे पर्वको महत्त्व रहेको छ ।