१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १ आइतबार १५:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै सरकारको छानबिन गर्ने प्रतिबद्धता आएपछि सदन खोल्न सहमत भयौँ : वर्षमान पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १५:१४:oo

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले यसअघिका सबै सरकारको छानबिन गर्ने सरकारको प्रतिबद्धतापछि आफूहरू सदन खोल्न तयार भएको बताएका छन्।

भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाको विरोध भइरहँदा अघि बढेको आइतबारको प्रतिनिधिसभा बैठकमा पुनले यस्तो प्रस्टीकरण दिएका हुन्। सरकारले ३० दिनभित्र छानबिनका लागि आवश्यक संरचना बनाउने प्रतिबद्धतासमेत जनाएको उनको भनाइ थियो।

‘माननीय गृहमन्त्रीज्यूले अहिले राजीनामा दिन्नँ, तर बाँकी सबै सरकारको तर्फबाट छानबिनका लागि हामी तयार छौँ भनेर प्रतिबद्धता सरकारले गर्‍याे। त्यसैगरी ३० दिनभित्र आवश्यक छानबिनको संरचना तयार गरी यो विषयलाई अगाडि बढाउने प्रतिबद्धता आएपछि हामी यो सदन नियमित गर्न सहमत भयौँ,’ उनले भने।