
नेकपा एमालेका सांसद योगेश भट्टराईले हेवाखोलामा निर्माणाधीन बेलिब्रिज निर्माणका लागि छिटो पहल गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा उनले जेठ ३१ गते हेवाखोलामा निर्माणाधीन बेलिब्रिज निर्माणको अन्तिम चरणमा पुगेको वेला दुर्घटनाग्रस्त भएको भन्दै यसलाई पुनः निर्माण गर्न छिटो पहल गर्नुपर्ने बताए ।
उनले भने, ‘जेठ ३१ गते हेवाखोलामा निर्माणाधीन बेलिब्रिज निर्माणको अन्तिम चरणमा पुगेको वेला दुर्घटनाग्रस्त भएको छ । यो पुल गएको दुई वर्षदेखि बनाउने क्रममा दुर्घटनाग्रस्त हुँदै आएको छ । जसले गर्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लामा यातायात अवरुद्ध हुँदै आएको छ । यसपालि पनि मनसुनको सिजन आउँदै छ । सरकारले अन्तिम चरणमा पुर्याएको पुल फेरि भत्किएको छ । यसबाट स्थानीयको साथै पर्यटकहरूलाई पनि प्रभाव परेको छ । उक्त पुल पुनः निर्माणका लागि छिटो पहल गर्नुपर्छ ।’
उनले उक्त दुर्घटनामा त्यहाँ काम गर्ने मजदुरहरूको मृत्यु भएको भन्दै उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् ।