१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार १ आइतबार १२:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वाणिज्य बैंकको नयाँ ब्याजदर लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १२:२८:oo

असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असार १ गतेदेखि लागू हुने गरी बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४.३७ प्रतिशत कायम गरिएको छ ।

असारका लागि १५ वाणिज्य बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने पाँचवटा बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा एनएमबी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया बैंक र कृषि विकास बैंक रहेका छन् ।

असारमा सबैभन्दा बढी ६ बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । एभरेष्ट, प्राइम, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, सानिमा र एनआइसी एसिया बैंकले सबैभन्दा बढी ब्याज प्रदान गर्ने भएका हुन् । यी बैंकहरूले ६ प्रतिशतमाथि ब्याजदर कायम गरेका छन् ।