१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
गणेश लम्साल विराटनगर
Invalid date format २o:१९:oo
Read Time : < 1 मिनेट
समाचार

करेन्ट लगाएर माछा मार्न खोज्दा पतिपत्नीकै मृत्यु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format २o:१९:oo

बिजुली चोरी गरेर खोलामा माछा मार्ने क्रममा शनिबार मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर पतिपत्नीको एकैठाउँमा सँगै मृत्यु भएको छ।

सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा मुख्य प्रसारण लाइनको पोलमा हुक लगाएर करेन्टलगाइ माछा मार्न खोज्ने स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू र पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको शनिबार एकैठाउँमा सँगै करेन्ट लागेर मृत्यु भएको हो।

प्रहरीका अनुसार पति लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गराका थिए। सोही क्रममा पानीमा प्रवाह भएको करेन्ट लाग्दा दुवैजनाको शनिबार बिहान १० बजेतिर एकैठाउँमा घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे इलाका प्रहरी बेलबारीले अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।