१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४३:oo
Read Time : < 1 मिनेट
समाचार

संसद् सचिवालयको सचिवमा दुराको बढुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४३:oo

संघीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ। सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। 

लोकसेवा आयोगको अध्यक्षता रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो।

सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो। कैलालीको धनगढी उपमहानगरपालिका–१, शान्तिनगरमा ७ माघ ०२७ मा जन्मिएका दुरा १९ फागुन ०४६ मा निजामती सेवामा प्रवेश गरेका थिए। ०५२ सालदेखि उनी अविच्छिन्न संघीय संसद् सचिवालयमा सेवारत छन्। 

राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर दुराले संसद् सचिवालयमा प्रशासन महाशाखा, संसदीय समितिको सचिवलगायतका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका छन्। उनी हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिव छन्। 

दुराले शनिबार नै सिंहदरबारस्थित कार्यालयमा पदबहाली गरेका छन्। 

नवनियुक्त सचिव दुरालाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतका पदाधिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।