१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
२o८२ जेठ ३१ शनिबार १३:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार १३:o७:oo

मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार बेलका नगरपालिका–६ बस्ने वर्ष ४५ का नबिन राईको मृत्यु भएको पुष्टि भएको हो। 

गएराती बेलका नगरपालिका– ९, रंगलक्ष्मी पेट्रोलपम्प बुद्धचोकबाट रामपुरतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प १९१३ नम्वरको मोटरसाइकल कलबटको पिल्लरमा ठक्कर खाई दुर्घटना भएको थियो । उक्त दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ।