१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
२o८२ जेठ ३० शुक्रबार २२:२३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कंगाेमा डुंगा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार २२:२३:oo

उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कंगाेको एक तालमा शोक व्यक्त गर्न मानिसहरूलाई लिएर गएको एक यात्रुवाहक डुंगा डुब्दा कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् ।
 
उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधबार भएको उक्त दुर्घटनामा तीनवटा ठुला डुंगा रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले जानकारी दिए । 

‘हामीले अहिलेसम्म दर्जनौँ जीवित व्यक्तिलाई उद्धार गर्नुका साथै ४० वटा शव फेला पारेका छौँ । अझै पनि कैयौँको संख्यामा मानिस हराइरहेका छन्,’ उनले एएफपीसँग भने । 

यसैबिच, उद्धारमा संलग्न स्थानीय बासिन्दा डियु मर्सी अकुलाले मृत्यु हुनेको संख्या ५४ पुगेको बताए । उनले भने, ‘हिजो हामीले ५२ वटा शव फेला पारेका थियौँ, आज बिहान थप दुईजना मृत शरीर शव फेला परेका छन् ।’
उक्त डुंगाले इकोको–बोङिन्डा गाउँमा अन्त्येष्टिका लागि एक महिलाको शव र दुई सयभन्दा बढी मलामी बोकेको थियो । प्रत्यक्षदर्शीले अधिकारीहरूलाई डुंगाले एक्कासि ठुलो छालको सामना गर्नुपरेको र यसलाई चालकले थेग्न नसक्दा दुर्घटना भएको बताए ।

दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको उनीहरूले बताए । एमपुटुका अनुसार डुंगामा रहेका यात्रुको सूची थिएन, जसले गर्दा डुंगामा ओभरलोड थियो कि थिएन भन्न कठिन भएको छ ।

प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, तर दशकौँदेखिको द्वन्द्वको चपेटामा परेको अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगाेमा ताल र नदीमा बारम्बार डुंगा दुर्घटनाको पीडा व्यहोर्ने गरेको छ ।