१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
तिवारी यादव वीरगन्ज
२o८२ जेठ ३० शुक्रबार २१:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जमा १८ लाख हुन्डी रकमसहित दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार २१:२o:oo

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले हुन्डीको १३ लाख रकमसहित एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– २ छपकैयानिवासी १९ वर्षीय राहुलकुमार तिवारी रहेका छन् । 

वीरगन्ज महानगरपालिका– १६ वीरगन्ज भन्सार कार्यालयको चेकजाँच पोस्टनजिकबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका राहुल भने बिआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा रक्साेलबाट वीरगन्ज प्रवेश गर्ने क्रममा थिए । 

पक्राउ परेका राहुल चढेको मोटरसाइकलको एअर फिल्टर बक्समा लुकाएर अवैध रूपमा चोरी पैठारी गरी ल्याउँदै गरेको नेपाली रुपैयाँ १३ लाख बरामद भएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । 

पक्राउ परेका तिवारी र उनको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको उनले बताए । 

यस्तै, बाराको प्रसौनी गाउँपालिका– २ प्रसौनीनिवासी ४० वर्षीय कौशलकुमार गुप्तालाई हुन्डी रकमसहित पक्राउ गरेको छ । हुन्डीको पाँच लाख नेपाली रकमसहित उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले जनाएको छ । गुप्तालाई वीरगन्ज महानगरपालिका– १६ वीरगन्ज भन्सार कार्यालयको गेटनजिकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । 

पक्राउ परेका गुप्ता रक्साेलबाट वीरगन्जतर्फ आउँदै गरेको ना.४७प ९७१० नम्बरको हिरो ग्लामर मोटरसाइकलमा सवार थिए । गुप्ताले शरीरको विभिन्न भागहरूमा लुकाएर अवैध रूपमा चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको उनले बताए ।