१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३० शुक्रबार १५:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपालाई कुर्दै प्रमुख तीन दल, दुईबुँदे सहमतिमा हस्ताक्षरको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार १५:३५:oo

भिजिट भिसा ठगी प्रकरणमा प्रमुख तीन दलबिच दुईबुँदे सहमति भएको छ। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार कांग्रेस, एमाले र माओवादीबिच दुईबुँदे सहमति भएको हो।

तीन दलकाे बैठकबाट निस्किँदै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘हस्ताक्षरको अन्तिम तयारी हुँदै छ, अब हस्ताक्षर हुन्छ, हाउस खुल्छ।’

सहमतिमा रास्वपाले धारणा दिइसकेको छैन। सांसद शिशिर खनालका अनुसार संसदीय छानबिन समिति गठन हुनुपर्ने रास्वपाको अडान छ।

तीन दलले भने अध्यागमनका समस्या अध्ययन र छानबिन गर्ने गरी आवश्यक संरचना बनाउने र अख्तियारको छानबिनलाई सघाउने गरी दुईबुँदे सहमति गरेका छन्।

केही अडानका कारण रास्वपा आफ्नो ढंगले जाने भए पनि प्रतिपक्षबिच मूलभूत विषयमा मतभेद नभएको प्रचण्डको भनाइ छ। उनले भने, ‘रास्वपासँग हाम्रो मूलभूत विषयमा केही फरक छैन। तर, उहाँहरूका केही अडानका कारणले सायद केही समय उहाँहरू आफ्नो ढंगले जानुहुन्छ। तर, हाम्रोबिचमा विमति र आरोप–प्रत्यारोप हुँदैन।’