१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025
तिवारी यादव वीरगन्ज
२o८२ जेठ ३० शुक्रबार १o:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी दुर्घटनामा एकै गाउँका दुई युवकको मृत्यु, एकजना गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार १o:१७:oo

वीरगन्ज महानगरपालिका– २२ ड्राइपोर्ट सडकखण्डमा सवारी दुर्घटना हुँदा दुईजना युवककाे मृत्यु भएको छ। मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका– ३, झलमैयानिवासी २३ वर्षीय रामकान्त यादव र सोही ठाँउका २३ वर्षीय विजय यादव रहेका छन् । 

यस्तै, सोही ठाउँका २२ वर्षीय विजय यादव गम्भीर घाइते भएका छन् । गम्भीर घाइते यादवको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार बिहान ५ बजेको समयमा ड्राइपोट सडकखण्डस्थित सीताराम चाेकमा सवारी दुर्घटना भएको हो। 

भुसा लोड गरी बिग्रेर रोकेर राखेको अवस्थामा रहेको एचआर ५५ के ३९७१ नम्बरको ट्रकको पछाडिबाट सिर्सियाबाट ड्राइपोटतर्फ जाँदै गरेको बा.प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किएको उनले बताए।

एउटै मोटरसाइकलमा सवार रहेका उनीहरूकाे शरीरको विभिन्न भागमा चोट लागेकाे थियाे। गम्भीर घाइते भएकाहरूको बिहान ८ बजे नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।