
संसद्का प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू छलफलमा जुटेका छन्। प्रतिनिधिसभाको बैठक स्थगित भएपछि प्रमुख तीन दल ल्होत्से हलमा छलफलमा जुटेका हुन्।
छलफलमा कांग्रेसबाट पूर्णबहादुर खड्का, गगन थापा र श्याम घिमिरे, एमालेबाट योगेश भट्टराई र महेश बर्तौला तथा माओवादीबाट शक्ति बस्नेत र हितराज पाण्डे सहभागी छन्।