
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि इजलासमै मोसो प्रहार भएको छ। क्रान्तिकारी युवा संगठन, नेपाल नामक संगठनका व्यक्तिले बिहीबार दिउँसो इजलासमै पुगेर यसरी मोसो प्रहार गरेका थिए।
न्यायाधीश थारूसहितको इजलासले कांग्रेस नेता अफताब आलमलाई गत १४ जेठमा सफाइ दिने फैसला गरेको थियो। त्यसकै विरोधमा न्यायाधीश थारूलाई मोसो प्रहार गरिएको सो संगठनले जनाएको छ। घटनामा संलग्न दुईजनालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ।