१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २९ बिहीबार १६:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख घिमिरे र प्रचण्डबिच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार १६:o६:oo

सभामुख देवराज घिमिरे र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएकाे छ। 

छलफलमा सभामुख घिमिरेले बजेटकाे छलफल गर्नुपर्नेमा पछाडि धकेलिसकेको बताए। `यसलाई पास गरेर १५ दिनअगावै राष्ट्रिय सभामा पठाउन हामीलाई समयको चाप बढ्यो,´ सभामुख घिमिरेले भने, `सँगसँगै निजामती, नागरिकता विधेयक हामी पारित गर्ने अवस्थामा पुगिसक्या छौँ। यी संघीयतासँग जोडिएका विषय हुन्। हामीले समयमै गरे काम अगाडि बढाउन सकिन्छ।´ 

जवाफमा प्रचण्डले सदन खाेल्न सहमतिको भाषामा विपक्षीबिच छलफल भइरहेकाे बताए। `यो टुंग्याएर हामी आजै सत्तापक्षसँग बसेर संसद् अवरोध खोल्ने विषयमा एउटा धारणा ल्याउँछौँ। यसको अगुवाइ म गर्छु,´ उनले भने। 

सभामुख घिमिरेले तपाईंले इनिसियसन लिदिनुस् भनेका थिए। 

अध्यक्ष प्रचण्डले सहमतिको भाषामा केही साथीहरूको केही कुरा छन्, छलफल गर्छौँ भनेकाे सभामुखका सञ्चा विज्ञ शेखर अधिकारीले बताए।