१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेपालविरुद्ध नेदरल्यान्ड्सलाई १० पेनाल्टी रन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५७:oo

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप लिग– २ अन्तर्गत मंगलबारको खेलमा नेदरल्यान्ड्सले नेपालविरुद्धको खेलमा १० पेनाल्टी रन पाएको छ। नेपाली खेलाडीले नियम मिचेपछि अम्पायरले  नेदरल्याड्सलाई दुईपटक ५–५ पेनाल्टी रन दिएका हुन्। 

नेपालका ब्याट्सम्यान बासिर अहमद पटक–पटक पिचमा दौडिएपछि कारबाहीस्वरूप विपक्षी टिमलाई पेनाल्टी रन दिइएको हो। सिरिजमा पहिलो खेल खेलेका बासिरले २५ बल खेलेर ११ रन बनाएका थिए। उनको गल्तीका कारण नेपाललाई १० रन घाटा लागेको छ । इन्टरनेसनल क्रिकेट क्राउन्सिल(आइसिसी)का नियमअनुसार पिचमा दौडिनुलाई गम्भीर नियम उल्लंघन मानिन्छ। 

जसअनुसार नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा नेदरल्याड्सको स्कोर १० रनबाट सुरु हुनेछ। 

सिरिजको अन्तिम खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १७० रन बनाएको छ।