Skip This
नेप्से घट्दा साढे १० अर्बभन्दा बढीको सेयर कारोबार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ७ बुधबार
  • Wednesday, 21 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ७ बुधबार १५:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से घट्दा साढे १० अर्बभन्दा बढीको सेयर कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ७ बुधबार १५:३२:oo

बुधबार नेप्से परिसूचक ७.९४ अंकले घटेर दुई हजार ६६९.५१ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले घटेको छ।

आज ३१६ कम्पनीको दुई करोड ३० लाख २६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन सात अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो।

बैंक, विकास बैंक र म्युचल फन्ड एक प्रतिशतभन्दा थोरैले उकालो लाग्दा बाँकी सबै समूहको सूचक घटेका छन्। जलविद्युत् एक प्रतिशतले घट्दा बाँकी सबै समूहको सूचक एक प्रतिशतभन्दा कमले ओरालो लागेका हुन्।

बजार घटे पनि ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाएका छन्। त्यसैगरी सिन्धु विकास बैंक पाँच तथा सप्तकोशी विकास बैंक, सांग्रिला विकास बैंक र एनएलजी इन्स्योरेन्सको मूल्य चार प्रतिशतभन्दा धेरैले बढेको छ।

यता, श्वेत गंगा हाइड्रोपावर, मातृभूमि लघुवित्त र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य क्रमशः ८, ६ र ५ प्रतिशतभन्दा धेरैले घटेका छन्।