Skip This
राजेन्द्र लिङ्देन भन्छन्– टुुंगाेमा पुग्ने गरी आन्दोलन चर्काउँछौँ, प्रधानमन्त्रीलाई हेलिकाेप्टरमा भाग्न छुट दिन्छौँ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजेन्द्र लिङ्देन भन्छन्– टुुंगाेमा पुग्ने गरी आन्दोलन चर्काउँछौँ, प्रधानमन्त्रीलाई हेलिकाेप्टरमा भाग्न छुट दिन्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन अब निर्णायक हुने बताएका छन्। उनले प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउनेसमेत बताएका छन् ।

‘अस्ति प्रधानमन्त्रीले संसदमा भन्नुभयो– अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो,’ आज (मंगलबार) काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले भने, ‘भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले।हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो।’ उनले जेठ १५ गतेदेखि सुरु हुने आफूहरूको आन्दोलन हिंसात्मक नहुने बताए। सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले बताए।