Skip This
कपिलवस्तुका सात  विद्यालयमा जंकफुड निषेध  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८२ जेठ ६ मंगलबार १३:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तुका सात  विद्यालयमा जंकफुड निषेध  

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १३:२४:oo

कपिलवस्तुका १० पालिकाले १० विद्यालयलाई चालू आर्थिक वर्ष ०८१/०८२ भित्रै जंगफुड निषेध घोषणा गर्ने कार्यक्रमअनुसार सात विद्यालयलाई जंकफुड निषेध गरिएको बताएको छ ।  सरकारले दिवाखाजा कार्यक्रम सञ्चालन गरे पनि पोषणको अवस्था सुधार नभएपछि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य कार्यालय कपिलवस्तुको  अगुवाइमा उक्त कार्यक्रम अघि सारेको स्वास्थ्य कार्यालय कपिलवस्तुका  प्रमुख गौरव ढकालले बताएका छन् ।  

एक पालिकाका एक विद्यालयलाई जंकफुड निषेध घोषणा गर्ने कार्यक्रमअनुसार  हालसम्म कपिलवस्तु नगरपालिकाको बुद्धपद्म उमावि, यशोधरा गाउँपालिकाको अनिरुद्ध मावि, बुद्धभूमि नगरपालिकाको गौतम बुद्ध उमावि, शिवराज नगरपालिकाको राष्ट्रिय मावि चन्द्रौटा, महाराजगन्ज नगरपालिकाको जानकी उमावि, विजयनगर गाउँपालिकाको द्रौपती मावि, कृष्णनगर नगरपालिकाको देवी विद्यापीठ माविलाई जंकफुड निषेध विद्यालय घोषणा गरिएको स्वास्थ्य कार्यालयका पोषण स्रोतव्यक्ति माहोम्द इरफानले बताएका छन्। 

जंकफुड निषेध विद्यालय घोषणाको मापदण्डअनुसार विद्यालय क्षेत्रको सय मिटरभित्र कुनै पनि जंकफुड, सुर्तीजन्य पदार्थ, मदिरा बिक्री–वितरण  सेवन र ल्याउन निषेधित गरिएको  बताएको छ ।  निषेधित विद्यालयमा जंकफुड निषेधित गरिएको सूचना विद्यालय हाताभित्र साइनबोर्ड र भित्तामा लेख्नुपर्ने प्रावधान रहेको बताएको छ । यस्तै विद्यालयभित्र रहेको चमेनागृहसमेत जंकफुड निषेधित रहेको सुनिश्चित गर्नुपर्ने बताएको छ।

सरकारले कक्षा पाँचसम्मका विद्यार्थीका लागि प्रतिव्यक्ति १५ रुपैयाँका दरले १८० दिनका लागि दिवा खाजा कार्यक्रम सञ्चालनका लागि विद्यालयमा रकम दिँदै आएको छ । तर, कतिपय विद्यालयमा दिवा खाजा कार्यक्रम त्यति प्रभावकारी नदेखिएकाले प्रदेश सरकारले पोषणको अवस्था सुधार गरेर उक्त कार्यक्रम अगाडि बढाइएको जिल्ला समवन्वय समितिका प्रमुख बाबुराम आचार्यले बताएका छन्। जंकफुडलाई निरुत्साहित गर्न शिक्षक–अभिभावहरूले समेत विशेष ध्यान दिनुपर्ने र ‘जंकफुड निषेधित विद्यालय घोषणालाई व्यावहारिक रूपमै कडाइका साथ लैजाने आचार्यले बताए। 

जंकफुड निषेधित विद्यालयको मासिक अनुगमनका लागि सम्बन्धित पालिकाको उपप्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । जुन समितिमा पालिकोका शिक्षा शाखा प्रमुख र सम्बन्धित विद्यालयका प्रधानाध्यापक सदस्य तथा स्वास्थ्य शाखा प्रमुख सदस्यसचिव रहने बताइएको छ । जिल्लामा गत वर्ष कपिलवस्तुका २५ विद्यालयमा छात्राहरूको रक्तअल्पता परीक्षण गर्दा ८३ प्रतिशतमा समस्या देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले बताएको छ।

जुन पालिकामा छात्राहरूमा रक्तअल्पताको समस्या देखिएको छ त्यसमा नगरभित्रका विद्यालयहरूमा आइरन चक्की वितरण गरिएको बताएको छ। उक्त घोषणा कार्यक्रममा बुद्धपद उमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहोम्मद आजाद दर्जीले आफ्नो विद्यालयमा अब जंकफुड पूर्ण रूपमा निषेधित भएको बताएका छन्।