१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
सौरभ यादव सप्तरी
२o८२ जेठ ५ सोमबार १९:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे ६ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १९:१८:oo

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको भवन निर्माणका लागि चारपटक म्याद थपिँदा पनि पूरा हुन सकेको छैन। साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा साढे ६ वर्षभन्दा बढी समय बित्दा पनि निर्माण पूरा भएको छैन।

सहरी विकास मन्त्रालयबाट ३१ करोड ६ लाख २० हजार १४७ रुपैयाँमा काम गर्ने गरी काठमाडौंको कन्टेकट जेई जेभीले १६ पुस ०७५ मा ठेक्का सम्झौता गरेको थियो। १५ असार ०७८ भित्र भवन निर्माणसम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीले चारपटक म्याद थप गरेर पनि अझै कामसम्पन्न गरेको छैन। गत पुसमा पुनः म्याद सकिइसकेकाे छ।

भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशप्रसाद साहले बताए। ‘निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माणमा ढिलाइ भएको छ। ओपिडी, बिल काउन्टर, इमर्जेन्सी सबै ठाउँमा समस्या छ,’ उनले भने, ‘भवन अभाव छ, बिरामीको चाप बढ्दो छ।’

आयोजना कार्यालयका इन्जिनियर राजकुमार मिश्रले पटक-पटक म्याद थप गर्दा पनि निर्माणसम्पन्न नभएको बताउँदै हालसम्म ९० प्रतिशत काम मात्र पूरा भएको जानकारी दिए। यस विषयमा जानकारी लिन ठेकेदार कम्पनीका प्रतिनिधि प्रकाश बोहरालाई पटक-पटक सम्पर्क गर्दा पनि फोन उठाएनन्।