१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १७:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शुक्लाफाँटा नगरका मेयर महराको तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक

सडक स्तरोन्तीदेखि किसानलाई लालपुर्जा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १७:३८:oo

कञ्चनपुरको एक स्थानीय सरकारले तीनवर्षे उपलब्धि सार्वजनिक गरेको छ। जिल्लाकोे शुक्लाफाँटा नगरपालिकाले तीनवर्षे उपलब्धि सार्वजनिक गरेको हो।

३० वैशाख ०७९ सालमा सम्पन्न भएको स्थानीय तहबाट निर्वाचित रणबहादुर महरा नेतृत्वको शुक्लाफाँटा स्थानीय सरकारले हालसम्म गरेका कामकाज सार्वजनिक गरेको जनाएको छ। पूर्वाधार विकास, पशुपक्षी, महिला, प्रशासन, न्याय, कषि, स्वास्थ्य शाखा, सहकारी, शिक्षा, भूमि व्यवस्थापन,रोजगारी, आर्थिक प्रशासन शाखाका तर्फका योजना कार्यान्वयन भएका छन्।

सोमबार  पत्रकार सम्मेलनमार्फत पालिकाले पूर्वाधारदेखि ८६ किसानलाई जग्गाधनी प्रमाणपत्र दिएर जमिनको मालिक बनाइएको छ। नगरका १२वटै वडामा सडक  कालोपत्रेदेखि स्तरोन्नति गरिएकाे छ।

मेयर रणबहादुर महराले तीनवर्षे कार्यकालमा परेका योजना सार्वजनिक गर्दै भने, ‘निर्वाचनका वेला जनतासँग गरेका वाचाअनुरूप विकास निर्माणका कामकाज अघि बढेका छन, कतिपय पूरा भएका छन, कतिपय निरन्तर अघि बढिरहेका छन्।’ नगर खानेपानी चक्रपथ योजना बहुवर्षे योजना दुत गतिमा अघि बढेका छन्। नगरस्तरीय कभर्डहल निर्माण सम्पन्न गरिएको छ।

३ सय सडक बत्तीमा ११ सोलार बत्ती जडान, सिँचाइका लागि ६६ बोरिङ निर्माण, २ वटा मल्टिस्पान पुल निर्माण, नगर अस्पताल ६५ प्रतिशत भौतिक प्रगति भएको  छ।

सुरक्षित नागरिक आवासअन्तरर्गत २५३ विपन्न जनतालाई ३० हजारका दरले अनुदान वितरण गरिएको छ।
योग भवन निर्माण, पर्यटकीय मणिकाधाम बतासे झर्ना ३.५किलोमिटर पदमार्ग निर्माण, गत आर्थिक वर्ष ०८०/८१ मा खोलामा नदीजन्य पदार्थ संकलनबापत ४५ लाख राजस्व संकलन गरिएको छ।

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका  लागि ८ किलोमिटर मेस वायर  घेराबारा निर्माण, कृषि माविमा छात्रावास निर्माण, निःशुल्क खोपदेखि कृत्रिम गर्भाधान केन्द्र स्थापना, सामुदायिक छाडा पशु चौपाया व्यवस्थापन निरन्तरता दिइएको छ। ३० जना जन्मजात अपांगताको पहिचान गरेर तालिम सञ्चालन, एकल महिलालाई तालिम, ३ सयभन्दा बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण, नगर प्रहरी गठन, अटोरिक्सा दर्ता कानुन बनाई हालसम्म ४४ वटा अटोरिक्सा दर्ता, ११ रुटमा इजाजत प्रदान गरिएको छ।

आर्थिक वर्ष ०७९/८०मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा नियमित प्रदेशमै प्रथम, आर्थिक वर्ष ०८०/८१ मा वित्तीय सुशासन जोखिम मूल्यांकनमा जिल्लामै  पहिलो भएको छ। न्याय समितिमार्फत आव ०७९/८०मा २९ विवादमध्ये २७ फर्स्योट, आव ०८०/८१ मा ३३ मध्ये ३१ मेलमिलाप र चालू आर्थिक वर्ष ०८१/८२ मा १५ मुद्दा दर्ता गरी ११ फर्स्योट गरिएका छन्।

तरकारी पकेट विकासअन्तर्गत विविध कृषिका कार्यक्रम सञ्चालन गरिएका छन्। गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेसवा, ३ हजार, ३३७ नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको छ।

८४ व्यवसाय दर्ता, २५५ नवीकरण, ३९ नामसारी गरिएको छ। ७६५ युवाहरूलाई रोजगार दिइएको छ। कक्षा १ देखि ८सम्म स्थानीय पाठ्यक्रम निर्माण गर्दै सामुदायिक विद्यालयका भवन निर्माण गरिएका छन्। ८६ किसानलाई जमिनको मालिक बनाइएको छ। १, २, ३, ९, १२ वडामा ऐलानी जमिन नापचाँज गरिएको छ। लेखा प्रमाणीकरण व्यवस्थित गर्न विद्युतीय भुक्तानी गरिएको छ।

शुक्लाफाँटा नगरका उपमेयर कमला पन्तले निर्वाचित भएपछि निष्पक्ष रूपमा जनताको वृत्तिविकासका लागि कामकाज गरेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पालिकामा प्रशासनिक स्पष्टताअनुरूप विकास निर्माणका योजना फर्स्योट गरिएको बताए।