१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वदेशी उत्पादन प्रयोग गरेर आयातमुखी अर्थतन्त्र नियन्त्रण गरौँ : उपप्रधानमन्त्री सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाएर आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्।

सिमेन्ट उत्पादक संघले आयोजना गरेको  ‘सिमेन्ट कन्क्लेभ’मा मन्त्री सिंहले स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने धारणा राखेका हुन्।

सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा लागतका हिसाबले सामग्री आयात गर्नुभन्दा आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गरे यसले उत्पादनलाई पनि बढावा दिने सिंहको भनाइ छ।

‘आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न यसको उल्लेख्य भूमिका रहन्छ। त्यसैले यी पक्षलाई ध्यानमा राखेर काम गरौँ,’ उनले भने, ‘सिमेन्ट उत्पादनको कुरा गर्दा ४२ मिलियन मेट्रिक टन सिमेन्ट हामीले नेपालमा नै उत्पादन गर्ने गरेका छौँ। सामानहरू आयात गर्नुभन्दा पनि आफ्नै देशमा उत्पादन भएको सिमेन्टलाई प्रयोग गर्दा उद्योगलाई पनि बढावा दिन सकिन्छ र आयातलाई पनि रोक्न सकिन्छ। यसतर्फ पनि ध्यान जानुपर्छ।’