१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
नयाँ पत्रिका म्याग्दी
Invalid date format १३:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १३:२८:oo

विद्यार्थी नभएपछि बेनी नगरपालिकाका दुई विद्यालय बन्द भएका छन् । बेनी– ५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नम्बर १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् ।

बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुईवटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको बताए ।

‘बन्द भएका जगन्नाथ र ओखले आधारभूतलाई विद्यार्थी संख्या न्यून भएकाले गत शैक्षिक सत्रमा १–३ बाट कक्षा घटुवा गरेर बालकक्षा मात्र सञ्चालन भएको थियो,’ उनले भने, ‘यसपालि बालकक्षा पढ्ने विद्यार्थी पनि नभएपछि विद्यालय बन्द भएका हुन्।’ गत वर्ष ओखले आधारभूतमा पाँच र जगन्नाथमा तीनजना विद्यार्थी थिए । ओखलेका बालविकास सहयोगीलाई दीपक मावि र जगन्नाथका बालविकास सहयोगीलाई डिम्ब आधारभूतमा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी संख्या घट्दै गएको छ । नगर प्रमुख सुरत केसीका अनुसार कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी संख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो ।

तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अंग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय संकटमा पर्न थालेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको नगर प्रमुख केसीले बताए ।