१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ४ आइतबार १८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहिद दशरथ चन्द विश्वविद्यालयलाई तीन सय बेड र ६ सय कर्मचारी दरबन्दी दिन सांसद आलेको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार १८:५o:oo

एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा तीन सय शय्या अस्पतालको लागि स्थायी स्वीकृति र ६ सय कर्मचारीको स्थायी दरबन्दी दिन माग गरेका छन्।

प्रतिनिधिसभामा आइतबार दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै आलेले भने, ‘हाल ५० बेड मात्र अस्थायी स्वीकृति भएको छ। कम्तीमा तीन सय बेडको स्थायी स्वीकृति भयो भने तीन वर्षपछि एमबिबिएसको पढाइ सुरु गर्न सक्छौँ। यदि यसमा ढिलाइ गर्यौं भने यो समय ढल्किँदै जान्छ। त्यसैले छिटोभन्दा तीन सय बेडको स्वीकृति दिनुस्। तब मात्रै ४० जनाले एमबिबिएसको विद्यार्थी पठनपाठन गर्न पाउनेछन्।’

हाल सय बेड मात्रै स्वीकृति भएकोमा बिएन, बिएससी नर्सिङ, स्टाफ नर्स, ल्याब टेक्निसियन, एचएलगायतको पढाइ गर्न सकिने भए पनि उनले अब तीन सय बेड नै अविलम्ब स्वीकृत गर्न माग गरे। सांसद आलेले विश्वविद्यालयमा अहिलेसम्म १४१ मात्रै दरबन्दी रहेको भन्दै कम्तीमा ६ सय दरबन्दी छिटोभन्दा छिटो सिर्जना गर्न माग गरे।

विश्वविद्यालयको विभिन्न संरचना निर्माणमा हालसम्म सात अर्ब १० करोड खर्च भइसकेको भन्दै उनले शिक्षा मन्त्रालयको नाममा रहेका भवनहरू छिटोभन्दा छिटो विश्वविद्यालयको नाममा गर्न माग गरे।