
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूले बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) र होलिडे इन रिसोर्टबिच एनआइएमबीका ग्राहकलाई खाना र सफ्ट ड्रिंक्समा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो। छुट सुविधा पाउन ग्राहकले एनआइएमबी डेबिट–क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।
ग्राहकवर्गलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू दिँदै आएको बैंकले जनाएको छ। छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।