१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
Invalid date format १३:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध काममा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइन्छ : महासंघ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३१:oo

नेपाल पत्रकार महासंघ सिराहा शाखाले पत्रकारिताको नाममा अवैध काममा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने जनाएको छ ।

महासंघका सिराहा  शाखा अध्यक्ष मनोज बनैता यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारको नाममा विभिन्न सरकारी, गैरसरकारी, स्थानीय तहमा गएर धाकधम्की दिने, समाचार लेखिदिन्छु भन्दै रकम बार्गेनिङ गर्ने, जबर्जस्ती पत्रकार सम्मेलन गर्न लगाउनेलगायतका गुनासो आएको भन्दै कानुनी कारबाहीको दायरामा ल्याइने जनाए । 

विज्ञप्तिमा त्यस्ता व्यक्तिहरूले पत्रकार रहेको झुठो दाबी  गर्दै महासंघमा आफ्नो नातेदार रहेको, घटना मिलाइदिने प्रलोभन दिएर रकम असुल्ने गरेको गुनासो आएकाले त्यस्ता व्यक्ति आएमा तत्काल नजिकको प्रहरी वा महासंघमा जानकारी दिन आग्रह गरिएको छ ।